हिक्मतलाई ५२ जना सांसदले जुरुक्कै बोकेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे

बिहीबार, वैशाख २७, २०८१

कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका छन् । उनले आजै चार बजे मुख्यमन्त्री पदको सपथ लिनेछन् ।

एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरू समर्थन पाएका थिए । समर्थन गरेका ५२ जना सांसदहरूको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्दछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्