नबिल बैंकले छ महिनामै कमायो ३ अर्ब २४ करोड, बढायो नाफा

सोमबार, माघ ७, २०८१

नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो भनेको गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्