सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । विपक्षी दलले सदन बोलाएन भनेर क्याङ्गक्याङ्ग गरेपछि ओलीले अधिवेशन आह्वानको सिफारिस गर्न क्याबिनेट बोलाएको बुझिएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो।
सरकारले संसद्को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ। त्यस्तै केही सहसचिवको सरुवा गर्ने सम्भावना छ।