आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा ओर्लियो ?

सोमबार, माघ ७, २०८१

नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन तोलामा १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ । आइतबार भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्