घट्यो नेप्से, कति भयो कारोबार ?

सोमबार, माघ ७, २०८१

सोमबार सेयरबजार परिसूचक नेप्से ०.१२ अंकले घटेर २६०१‍.३३ प्रतिशतमा बन्द भएको छ। आज दिन दिनभर बजार घटबढ भए पनि अन्तमा ०.१२ अंकले मात्रै बढेर बजार बन्द भएको हो।

बजारको उतारचढावमा आज कूल कारोबारमा आएका  ३११ वटा कम्पनी मध्ये ११८ वटाको सेयरमूल्य बढेको छ भने ११७ वटाको मूल्य घटेको छ।

आज बैंक, विकास बैंक, वित्त, जलविद्युत र लघुवित्त बाहेक सबै समूहको सूचक बढेको छ।

कम्पनीमा भने आज मानुषी लघुवित्त ९.०५ प्रतिशतको वृद्धिसहित धेरै कमाउनेमा अगाडि छ। योसँगै रिभर फल्स पावर र डोल्टी कम्पनी पनि क्रमशः ७.७० प्रतिशत र ७.४७ प्रतिशतको वृद्धिसहित दोस्रो र तेस्रो स्थानमा छन्।

यता घट्नेमा भने वीन लघुवित्त र सुपरमाई हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावटसँगै नकारात्मक सर्किट लागेको हो।

यो बाहेक भुडोल इनर्जी र एनआइसी एशिया डिबेन्चरको पनि मूल्य क्रमश ९.९९ र ९.९६ प्रतिशतले घटेका छन्।

आज लगानीकर्ताले कुल ६ अर्ब ५० करोडको कारोबार गर्दा सबैभन्दा धेरै रिभरफल्सको कारोबार गरेका छन्। यो कम्पनीको २३ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्