सोसल मिडिया
युनिकोड
काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि जोशी कास्कीस्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
जोशीविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । जोशी काठमाडौंमा धरौटी बुझाएर सोमबारै रिहा हुने तयारीमा छन् ।