संसद्को हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजेलाई डाकियो

सोमबार, माघ ७, २०८१

सिंहदरबारमा जारी मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिश गरेको छ । 

क्याबिनेटको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछन् ।

संसद् अधिवेशन तत्काल नबोलाए विशेष अधिवेशन माग गर्ने भन्दै विपक्षी दलले सरकारमाथि दवाब बढाएका थिए।

गत भदौ ३१ गते संसद्को वर्षे अधिवेशन अन्त्य भएको थियो। 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्