चारवटा संसदीय समितिको बैठक, एजेन्डा के-के ?

मंगलबार, माघ ८, २०८१

संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा महान्यायाधिवक्तको कार्यालयको कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । 

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरीमा छलफल हुने कार्यसूची छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक अपराह्न ३ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्