प्रचण्डले घरमै बोलाए पार्टीको पदाधिकारी बैठक 

मंगलबार, माघ ८, २०८१

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्नेछ । 

बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 

यसअघि माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजनसम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरेकी थिइन ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्