पहिलो पटक प्रधानमन्त्रीले किन घोषणा गर्दैछन् ‘सगरमाथा संवाद’ ?

मंगलबार, माघ ८, २०८१

सरकारले आज मंगलबार ‘सगरमाथा संवाद’ घोषणा गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्ने भएका हुन् ।

सगरमाथा संवाद पहिलो पटक हुन लागेको हो । यसको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले जानकारी दिए ।

यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्