उपेन्द्र यादवले पाप गरे हामीले पार्टी फुटाएर पुण्य गर्‍यौ भन्दै अशोकले सुनाए अनेक कुरा

बिहीबार, वैशाख २७, २०८१

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरुले कानून र संविधानसम्मत् रुपमा पार्टी दर्ता गराएको भन्दै कसैले कानूनी चूनौति दिए सामाना गर्ने स्पष्ट पारेका छन् ।

जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर नयाँ दल दर्ता गराएपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलन गर्दै राईले यस्तो बताएका हुन् ।

राईले आफूहरुले रहरले नभई बाध्यताले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् । उनले उपेन्द्र यादवको व्यवहार राम्रो नभएको र अन्याय गरेकोले विभाजनको बाटो रोजेको स्पष्टीकरण दिए । 

उनले भने,‘उपेन्द्र यादवले नजिक र टाढाको व्यवहार गर्नुभयो । नेतृत्वमा पारदर्शीता देखिएन । महाधिवेशन अनियमित ढंगले कब्जा गर्ने र पार्टी नियन्त्रण गर्ने देखियो । परिस्थिति पाक्यो, अनि विस्फोटक अवस्था आयो । पार्टी फुट्नु रहर होईन । यो बाध्यता हो । अन्याय सहनुपनि पाप हो ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्