कोशीका मुख्यमन्त्रीले सपथ नखाँदै सर्वोच्चमा उजुर दर्ता

बिहीबार, वैशाख २७, २०८१

कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चले दर्ता गरेको हो।

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेपछि निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्च गएका हुन्।

कार्कीले सर्वोच्चमा रिट दर्ता गरेपनि यता प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई नयाँ मुख्यमन्त्रीमा नियुक्ती गरिसकेका छन्। नव नियुक्त मुख्यमन्त्री कार्कीले आजै सपथ ग्रहण गरी कार्यभार सम्हाल्ने तयारी गरेको छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्