ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

बुधबार, माघ ९, २०८१

आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो । 

मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर एक हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्