आज शेयर बजारमा हल्का हरियो देखियो, कति भयो कारोबार ?

बिहीबार, वैशाख २७, २०८१

साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक ५ दशमलव छ तीन अंकले बढेको हो ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव दुई आठ अंकले बढेर १९ सय ६६ दशमलव दुई तीन अंकमा पुगेको छ ।

यसदिन जिवन बीमा, उत्पादनमूलक र लघुवित्त बाहेका समूहले समग्र परिसूचक बढेका हुन् । होटल र पर्यटन समूहको परिसूचकमा भने उछाल आएको छ । यस समूहको परिसूचक करिब ७ प्रतिशतले बढेको छ ।

बाँकी सबै समूहको परिसूचक एक प्रतिशत भन्दा कमले मात्रै बढेका छन् । बढेको बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ५७ करोड ४२ लाख रुपैयाँ बराबरले बढेको छ ।

अघिल्लो दिन ५८ लाख ७४ हजार कित्ता शेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरमा किनबेच भएकोमा बिहीबार भने ३ सय १३ कम्पनीको ७० लाख ५८ हजार कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरमा किनबचे भएको छ ।

जसमध्ये सबै भन्दा धेरै नेपाल फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै, सोल्टी होटलको पनि १४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबचे भएको छ ।

बिहीबार होटल र पर्यटन समूहको परिसूचकमा उछाल आउँदा ओरिएन्टल होटलको शेयर लगानीकर्ताले सबै भन्दा धेरै ८ दशमलव चार छ प्रतिशतले कमाएका छन् भने सिटी होटलका शेयर लगानीकर्ताले ७ दशमलव नौ नौ प्रतिशत र सोल्टी होटलका शेयर लगानीकर्ताले पनि ७ दशमलव चार एक प्रतिशतले कमाएका छ ।

यता, कुमारी सबल योजनाको शेयर लगानीकर्ताले भने सबै भन्दा धेरै ८ दशमलव चार आठ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्