सोसल मिडिया
युनिकोड
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा बुधबार बयान सकिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । लामिछाने बुधबार कार्यालय खुलेलगत्तै अदालतमा उपस्थित भएका थिए । थुनछेक बहस बिहिबार मात्र हुने भएको छ।