सोसल मिडिया
युनिकोड
विशेष अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको सम्बन्धी एउटा मुद्दामा एक कर्मचारीलाई ६ महिना कैद हुने फैसला गरेको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गरेको हो ।
बीपी मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि एसएलसी तह उत्तीर्ण गरेको भन्दै मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेको र ०७९ असोज २८ गते बढुवा भएको इजलासको ठहर छ ।