लेखा समितिका सभापतिकी श्रीमती दश लाख धरौटीमा र पीए पाँच लाखमा छुटे

बिहीबार, माघ १०, २०८१

संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् ।

मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला पुस २४ गते १० लाख धरौटीमा रिहा भएकी थिईन्। 

माघ १० गते बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पाँच लाख धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

पोखरेल गएको पुस २५ गते विराटनगरबाट पक्राउ परेका थिए । पोखरेलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्