बहुमतको हतियार पाए प्रचण्डले भ्रष्टाचारीलाई सोझै छेदन गर्ने, ६४ को आकार चाहियो

बिहीबार, माघ १०, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन् ।

बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६४ मा जस्तै आगामी निर्वाचनमा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका हुन् ।

उनले अहिले भ्रष्टाचारीहरुको सीट धेरै, भ्रष्टाचारका विरुद्ध लड्नेहरुको सीट थोरै भएको कारणले आफूलाई सरकारबाट असंवैधानिक ढंगले हटाएको भन्दै भने, ‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नु छ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ ।’

प्रचण्डले गठबन्धन सरकार अवैध भएकाले सरकारमा बसिरहन नहुने बताएका छन् । ओली सरकार अपारदर्शी, असंवैधानिक भ्रष्टहरूको सरकार भएको उनले आरोप लगाए ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्