क्याबिनेटले दुई डीआईजीलाई एआईजी बनायो, के-के लुकायो ?

बिहीबार, वैशाख २७, २०८१

आज बसेको नियमित क्याबिनेटले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक  (डीआईजी) उमेशराज जोशी र भीम ढकालको बढुवा गरेको छ । दुबै जना एआईजी बनेका छन् ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यसै केही सहसचिवको सरुवा पनि गरिएको छ। तर, धेरै नाम मिलाउनुपर्ने भएकोले सार्वजनिक भने गरिएको छैन । 

त्यस्तै, खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय पनि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ।

बैठकले खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाख १० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, समाजकल्याण परिषद्को उपाध्यक्ष पदमा नन्दलाल माझीलाई मनोनयन गर्ने निर्णय गरिएको छ । भाषा आयोगको सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्