आफ्ना पार्टीका मन्त्री सँग देउवा किन गर्दैछन् तारन्तार छलफल ?

शनिबार, माघ १२, २०८१

संसदको हिउँदे अधिवेशन डाकिएपछि सत्ताधारी र प्रतिपक्षी दल आन्तरिक तयारीमा जुट्न थालेका छन्। 

यसै मेसोमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसहित सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। 

सिंहदरबारमा शनिबार भएको छलफलमा पार्टीका पदाधिकारी, शीर्ष नेता र मन्त्रीहरु सहभागी छन् । छलफलमा १८ गतेदेखि बोलाइएको संसद् अधिवेशनबारे छलफल भएको बताइएकोछ। कांग्रेसले संसद् अधिवेशनबारे नै छलफल गर्न आइतबार संसदीय दलको बैठक समेत बोलाएको छ। उता सरकारको नेतृत्व गरिरहेको एमालेले त आफ्ना सांसदलाई प्रशिक्षण नै दिएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्