सोसल मिडिया
युनिकोड
ताप्लेजुङमा पाथीभरा केबुलकारको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा गोली लागेर गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि राजधानी काठमाडौँ ल्याईने भएको छ।
पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार साँझ झडप हुँदा चार जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।
गम्भीर घाइते ३ जनालाई उपचारका लागि विराटनगर लगिएको थियो। जसमा तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई प्रहरीको गोली लागेको हो। उनीहरूलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको हो।
सुरुमा प्रहरीले झडपमा गोली नहानेको दाबी गरे पनि आज ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली चलेको स्वीकार गरेका हुन्।
घाइतेमध्ये गोली लागेका दुई जनालाई सेनाको हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा लानेगरी समन्वय भइरहेको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए। अहिले भने घाइतेहरू विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत छन्। केबलकार बनाउनु नहुने पक्षमा जुटेका माथि राज्यले दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ। अझ कतिले त सिडिओको राजीनामा नै मागेका छन्।