संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले बोलायो संसदीय दलको बैठक

आइतबार, माघ १३, २०८१

संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने, हालै जारी भएका अध्यादेशको एकजुट भएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका बिषयमा छलफल हुने जनाइएको छ। र, सो बैठक दुई दिनसम्म चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ। गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनका अधिवेशन आह्वान गरिसकेका छन्।
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्