एमालेले पनि डाक्यो संसदीय दलको बैठक

आइतबार, माघ १३, २०८१

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न स संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । 

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । यता, कांग्रेसले आजैदेखि संसदीय दलको बैठक बोलाएको छ। बैठक सोमबार सकिने बताईएको छ। 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्