सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।
आज बिहान ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि ओलीले बैठक बोलाएका हुन् ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ ।
क्याबिनेटको नियमित बैठक सोमबार र बिहिवार बस्ने भएपछि हिजो नबोलाईएका कारण आज डाकिएको बताईएको छ।