सोसल मिडिया
युनिकोड
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज साँझ ५ बजे ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका संघीय सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।
मन्त्री लेखकले छलफलका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएको सांसद सुहाङ नेम्वाङले जानकारी दिए । पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् ।
सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भागदौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । जसकारण ताप्लेजुङमा यातायात ठप्प भएको छ । एक जना बन्दकर्तालाई प्रहरीले आजै नियन्त्रणमा लिएको छ।