अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित

बुधबार, माघ १६, २०८१

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। उनी उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन्।

बुधबार सम्पन्न मतगणनामा सापकोटा ७३ मतको अग्रतासहित विजयी हुन्। उनले प्राप्त गरेको मत सार्वजनिक हुन बाँकी छ।

उनी हेडक्वार्टर निकट उम्मेदवार हुन्। उनलाई पार्टी उपमहासचिव शक्ति बस्नेतसहित पूर्वअध्यक्ष पन्चा सिंह लगायतको समर्थन थियो। उता दोस्रो बनेका हेमन्त भने उपमहासचिव जनार्दन शर्मा निकट हुन्।

विद्यार्थीको पदाधिकारीमा जनार्दननिकट हेमन्तको प्यानल आए पनि अध्यक्षमा हेडक्वार्टर निकट सापकोटा निर्वाचित बनेका हुन्।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्