माओवादीले बोलायो संसदीय दलको बैठक

बिहीबार, माघ १७, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनबारे छलफल हुने छ ।

माओवादी केन्द्र संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशनमा सांसदहरूको प्रस्तुति र उठाउने एजेण्डाबारे जानकारी गराउने पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्