प्रधानमन्त्री ओलीले प्रचण्डलाई घुमाएरै यसरी हाने झटारो

शुक्रबार, माघ १८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै अब सत्ताको खेल बन्द भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवम् जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” प्रधानमन्त्री ओलीले भने, “पटक–पटक विश्वासको मत लिने तमाशाबाट मुक्त भएका छौँ ।”

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्