सोसल मिडिया
युनिकोड
अर्थमन्त्री विष्णु पौडेलले कानूनसम्मत दाबी गरेका सबै रकम भुक्तानी भइसकेकाे बताएका छन् ।
आइतबार महिला आर्थिक पत्रकार सङ्घ (फेजा)ले आयाेजना गरेकाे “अर्थतन्त्र : नीति र व्यवहार” विषयक छलफल कार्यक्रममा बाेल्दै अर्थमन्त्रीले सबै निर्माण व्यवसायीलाई रितपूर्वक भुक्तान माग्न आए रित्तै नफर्काइने बताएका हुन् ।
अर्थमन्त्री पाैडेलले गत वर्षमा काम सम्पन्न भएका सबै आयाेजनाहरुकाे भुक्तान भइसकेकाे स्पष्ट पारे । उनले भने, “गत वर्ष भुक्तानीकाे दायित्व ठूलाे थियाे । जसकाे सबै भुक्तानी भइसक्याे । कसैले रितपूर्वक भुक्तानी माग्छ भने हामीले दिइरहेका छाैँ ।”
देशकाे आन्तरिक अर्थतन्त्र दबाबमा रहेकाे बताउँदै सुधारका लागि सरकारले गम्भीर गृहकार्य गरिरहेकाे उनकाे भनाइ छ ।
उनले पुँजीगत खर्चकाे संरचना बढाउने प्रयत्नमा सरकार रहेकाे बताए । उनले भने, “तुलनात्मक रुपमा गत वर्षकाे तुलनामा यस वर्ष पुँजीगत खर्च बढेकाे छ, तर याे प्रयाप्त छैन । यसकाे संरचना बढाउने प्रयत्न भइरहेकाे छ ।”
उनले भर्खरै ल्याईएकाे अध्यादेशले निजी क्षेत्रकाे मनाेबल बढेकाे जिकिर गरे ।