कांग्रेस र कम्युनिष्टको वामदेवले काढे उछितो, अध्यादेशको गरे विरोध

आइतबार, माघ २०, २०८१

राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका छन्।

आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै गौतमले सिद्धान्त फरक भएका कांग्रेस र कम्युनिष्ट पार्टीहरुले मिलेर चूनाव लड्ने र सरकार बनाउने काम गरेर खिचडी राजनीति गरिरहेको टिप्पणी गरेका हुन्।

उनले मुलुकलाई खिचडी राजनीति नचाहिने भएकाले यसलाई बहिष्कार गर्नुपर्ने जिकिर गरे। हरेक पार्टीले स्वतन्त्र ढंगले जनताको बिचमा जाने र त्यसका आधारमा संगठन निर्माण गरेर देखाउनुपर्ने उनको भनाइ छ।

गौतमले अहिले अध्यादेश नै राजनीतिक माहोल बनेको तर आफू अध्यादेशको पक्ष वा बिपक्षमा नरहेको जिकिर गरे। अध्यादेश जारी गर्दा बिपक्षीलाई पनि विश्वासमा लिनु उचित हुने उनले बताए।
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्