सोसल मिडिया
युनिकोड
राष्ट्रियसभा बैठकमा चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अस्वस्थ भएका छन् ।
बैठकको विशेष समयमा बोल्नका लागि नाम समेत टिपाएका सांसद बैठक सञ्चालन भइरहेकै अवस्थामा अस्वस्थ भएका थिए । उनी अस्वस्थ भएपछि कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले बैठकमा बोलेकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा जानकारी गराउँदै सापकोटालई बोल्न समय दिएको बताए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।
सांसद भट्टको संसद् भवनभित्रै उपचार भइरहेको छ ।