दुई सम्माननीयको के-के भयो गफ ? अख्तियार प्रमुखले किन भेटे सभामुख ?

आइतबार, माघ २०, २०८१

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरू गरेर केही दिन फुर्सदिला बनेका सभामुख देवराज घिमिरे आईतबार सबेरैदेखि ब्यस्त भए। केही भेटघाटका कारण उनको व्यस्तता ह्वात्तै बढेको स्वयम् उनकै सचिवालयले बताएको छ। 

सभामुख घिमिरेसँग भेटवार्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए । सभामुख घिमिरे र प्रमुख आयुक्त राईबीच आईतबार बिहान साढे ११ बजेदेखि करिब २० मीनेट कुराकानी भएको छ ।

अख्तियार प्रमुख सभामुख भेट्न किन पुगे भन्ने विषयको प्रष्ट जानकारी भने आएको छैन। सभामुख सँग अर्का सम्माननीयले पनि आजै भेट गरेका छन्। न्यायपालिका प्रमुख सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पनि सभामुख भेट्न पुगेका थिए।  घिमिरे र राउतको भेटघाट पनि किन भएको हो त्यो खुलेको छैन। 

आजै नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले पनि सभामुखसँग भेट गरेका छन् । उनले दिउँसो १ बजेपछि सभामुखको कार्यकक्षमा भेटेको बताईएको छ।  सभामुख र प्रधानन्यायाधीश दुवै सम्माननीय हुन्।  
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्