भीम रावलको दौराको फेर समात्ने पाँच जनालाई एमालेले बर्सायो डण्डा

आइतबार, माघ २०, २०८१

नेकपा (एमाले) सुदूरपश्चिमले भीम रावलको मातृभूमि जागरण अभियानमा सक्रिय भएको भन्‍दै पाँच नेतालाई निष्कासन गरेको छ । प्रदेश सचिवालय बैठकले पाँच नेतालाई निष्कासित गरेको हो ।

प्रदेश सचिव रणबहादुर चन्दका अनुसार निष्कासनमा पर्नेमा सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंगबहादुर विक, हर्कबहादुर कुँवर, दुधकला विष्ट र केशर मियाँ रहेका छन् ।

स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिइएको भन्दै कारबाही गरिएको हो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्