सोसल मिडिया
युनिकोड
चासोका साथ हेरिएको माओवादी केन्द्रको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको जिम्मेवारी दिएको छ। सोमबार बसेको पदाधिकारी (कार्यालय) बैठकले उनको रुचि अनुसारकै उत्पादन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको एक नेताले जानकारी दिए।
यद्यपि, उनको पार्टीमा कुन तहको जिम्मेवारीबारे भने अझै निर्णय भइसकेको छैन। उनी उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी भइरहेका छन्।
माओवादी नेताहरु भने उनलाइ आमन्त्रित रुपमा सहभागी गराइएको दाबी गर्छन्। ‘पासाङजीलाई उत्पादन हेर्ने क्षेत्रको जिम्मेवारी दिइएको छ,’ ती नेताले भने, ‘पार्टीमा पनि पदाधिकारी लेभलको जिम्मा दिने भनिएपनि स्टाटस प्रष्ट भइसकेको छैन।’
पार्टी अध्यक्ष प्रचण्डले उनलाई उपाध्यक्ष दिने वचन दिईसकेका छन्।