माघ २२ गते मङ्गलबार ११ जिल्लाका ८५ स्थानीय तहमा सार्वजनिक बिदा

सोमबार, माघ २१, २०८१

गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो प्रदेशमा ११ जिल्ला समावेश छन्। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो ।

‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो’, कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ । 

गण्डकी प्रदेशमा १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् । यी सबै तहमा सो दिन बिदा दिईएको हो। 
 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्