सोसल मिडिया
युनिकोड
नेपालको पहिलो दौत्य सम्बन्ध सन् १९३४ मा बेलायत सँग भएको थियो। हो त्यहि बेलायतका राजकुमार एडवार्ड माघ २२ गते मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन्।
एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको श्रोतको भनाई छ।
गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती नेपाल, कीर्तिपुरको आँखा अस्पताल, भक्तपुरमा रहेको एसओएस बालग्राम जाने कार्यक्रम तय भएको छ । यसका साथै राजकुमार र उनको टोली घुम्नका लागि पोखरासमेत जाने कार्यक्रम तय भएको छ ।
राजकुमार एडवार्ड र उनको टीमको सुरक्षा व्यवस्थाका लागि नेपाल सरकारले कडा सुरक्षा दिने ब्यबस्था मिलाएको छ।