बढ्यो आज सुनको भाउ, तोलाको कति पुग्यो ?

शुक्रबार, वैशाख २८, २०८१

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ । यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ ।

बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्