काठमाडौं उपत्यकाका यी स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

बुधबार, माघ २३, २०८१

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन । 

प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्