ओली र देउवा बोल्दा नबोलेका प्रचण्ड एक्लैले आज संसद घन्काउने

बिहीबार, माघ २४, २०८१

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले आज दिउँसो १ बजे बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । तर, प्रचण्ड बोलेका थिएनन् ।

आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् । प्रचण्डले सम्बोधन गरेपछि माओवादीले सदन अवरुद्द गर्ने आशंका गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्