सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्ने भएको हो ।
बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशबारे जानकारी दिइएको थियो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएका सबै अध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ । त्यसअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।