उपेन्द्र यादवको चर्को दौडादौड, दलको बैठक हापेर देउसी खेल्न थाले

बिहीबार, माघ २४, २०८१

पार्टी संसदीय दलको बैठक बसेर अध्यादेशका विषयमा निर्णय लिनुअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

अध्यादेशका बारेमा निर्णय लिनका लागि बिहान ९ बजे तय भएको बैठक सारेर पहिले बानेश्वरमा नेपाली काङ्ग्रेसका नेताहरूसँग भेट गरेका यादवले त्यसपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

जसका कारण जसपा नेपालको संसदीय दलको बैठक केही पछि सरेको छ ।

संसदीय दलको बैठकमा अध्यादेश सम्बन्धी अध्ययनका लागि गठित कार्यदलको सुझावका विषयमा छलफल गरेर निर्णय लिने भनिएको छ । सरकारले दुवै सदनमा पेस गर्न लागेका ६ वटा अध्यादेश स्वीकृत गराउन जसपा नेपाल निर्णायक देखिएको छ । त्यसका लागि सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दुवैले जसपा नेपाललाई आ-आफ्नो पक्षमा उभ्याउने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्