पाथिभरा केबलकार काण्डमा जनतालाई गोली हान्दा प्रचण्डको मुटु दुख्यो

बिहीबार, माघ २४, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको भन्दै प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईंहरूले नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोच भएको उनले बताए ।

‘यो के हो? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरू? संविधानभन्दा माथि हो तपाईंहरू मालिक र नागरिक दास हो ?’, उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्