राष्ट्रिय सूचना प्रविधि केन्द्र र टेलिकम चलाएका पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहीबार, माघ २४, २०८१

राष्ट्रिय सूचना प्रविधि केन्द्रको पूर्व कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

पौडेल नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक समेत हुन्। केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा आयोगले पौडेलमाथि मुद्दा दायर गरेको हो ।

पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको अख्तियारले आरोप लगाएको छ । पौडेलमाथि एफ-५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप छ।  टेलिकममा समेत गढबढ गरेका पौडेलमाथि थप मुद्दा दायर हुने बुझिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्