राष्ट्रपति चुरेका अधिकृतले एक लाख बीस हजार घुस खाए, अख्तियारले समात्यो

शुक्रबार, वैशाख २८, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेका छ । 

गत वैशाख ५ गते सेवाग्राहीसँग १ लाख २० हजार रकम घुस लिदैँ गर्दा नियन्त्रणमा लिईएको व्यवस्थापन अधिकृत प्रभात पाल विरुद्द आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले व्यवस्थापन अधिकृत प्रभात पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरीका आधारमा गत बैशाख ५ गते घुस रकम सहित नियन्त्रणमा लिएको थियो । 

नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घुस लिएको प्रमाणीत भएको भन्दै आयोगले उनी विरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

आयोगले प्रभात पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १ लाख २०ह जार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना माग गर्दै मुद्दा विषेश अदालतमा दायर गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्