सोसल मिडिया
युनिकोड
सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी मन्त्रालय एकै भवनमा छन् ।
मन्त्रालय भवनको माथिल्लो तलामा लागेको आगो निभाउन प्रहरीले प्रयास गरिरहेको छ । मन्त्रीको कार्यकक्षमै आगो लागेको प्रहरीको भनाई छ।
आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको छ । आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन । बाहिरै बाट आगोले पुर्याउनु क्षती देख्न सकिने गरि आगलागी भएको हो।