पूर्वाधार विकास समितिले आगो लागेको खानेपानी मन्त्रालयको एक चक्कर लगायो

आइतबार, माघ २७, २०८१

संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ। आज आइतबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो। 

अनुगमन, निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरू आएको र आगलागीले धनको क्षति भएको बताए।

‘हामी आगलागी भएको निरीक्षण गर्न आएका हौँ। पूर्वाधार विकास समितिका सम्पूर्ण आउनुभएको छ। यो घटनाले जनको क्षति भएन, धनको क्षति भएको छ। डकुमेण्टहरुमा केही पनि आगो लागेको छैन भनिएको छ,' उनले भने, 'यो घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि लिएर पहिलादेखि नै हाइ अलर्टमा बस्नुपर्ने महशुस समितिले गरेको छ। अब वायरिङदेखि सबैलाई परीक्षण गर्न जरुरी रहेको आवश्यक देखेका छौँ।’

उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरूको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्