निजामती सेवामा थपिए ३७ सहसचिव, क-कसले पाए बढुवा ?

आइतबार, माघ २७, २०८१

निजामती सेवामा ३७ सहसचिव थपिएका छन्। 

प्रशासन सेवाका १८ उपसचिव कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा भएका छन्। प्रशासन सेवा सामान्य प्रशासन समूह, लेखा र राजस्व समूहका १८ उपसचिव सहसचिवमा बढुवा भएका हुन्। सहसचिवमा बढुवा भएका अधिकांशले नियुक्ति पत्र समेत बुझिसकेका छन्। 

कार्यक्षमताका आधारमा सहसचिवमा बढुवा हुनेमा प्रेमप्रसाद लुईंटेल, रामदत्त पाण्डे, विनिता भट्टराई, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, लक्ष्मी पाण्डे गौतम, मनिता श्रेष्ठ र लोकबहादुर सुनार रहेका छन्। त्यस्तै जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही कार्यक्षमता मूल्याङ्कनद्वारा सहसचिव बढुवाका भएका हुन्।

त्यस्तै प्रशासन सेवाकै १९ जना उपसचिवहरू माघ २५ गते सहसचिवमा बढुवा भएका थिए । उनीहरू जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवा भएका हुन्। 

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले गत पुस ३ गते पदमकुमार श्रेष्ठसहित १९ जना उपसचिवलाई जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा सहसचिवमा बढुवाका सिफारिस गरेको थियो। उनीहरूले माघ ९ गतेदेखि जेष्ठता कायम हुनेगरी राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को नियुक्ति पाएका हुन्।

सहसचिवमा बढुवा हुनेमा दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, विमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना, गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, विजयराज सुवेदी, चिरञ्जीवी तिम्सिना, कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन्।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्