प्रहरीमाथि नै जाई लागेका दुई भाईलाई प्रहरीले खोरमा जाक्यो

सोमबार, माघ २८, २०८१

नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ ।

माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेलधुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । 

उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्