प्रधानमन्त्री ओलीलाई भएन सन्चो, अख्तियारको स्थापना दिवसमा जानै सकेनन्

सोमबार, माघ २८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। 

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको जनाएको छ।

आज प्रधानमन्त्री ओली बिहान पौने ९ बजे उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर, ओलीको स्वास्थ्यमा समस्या देखिएका कारणले उपस्थित हुन नसकेको जानकारी दिइयो। 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्