सोसल मिडिया
युनिकोड
पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रूपमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी नानीमैयाँ दाहालको निधन भएको छ।
दाहालको ९२ वर्षको उमेरमा सोमबार दिउँसो साढे २ बजे काठमाडौँको एक अस्पतालमा निधन भएको हो।
पञ्चायत व्यवस्था लागू भएपछि ०३८ वैशाख २७ गते राष्ट्रिय पञ्चायतको चुनाव भएको थियो। सो निर्दलीय चुनावमा काठमाडौँ १ बाट नानीमैया दाहालले जितेकी थिइन्।
काठमाडौं १ मा नानीमैयाको जितबाट पञ्चायती शासकहरूले धक्का महसुस गरेका थिए। किनभने, व्यवस्थाप्रति असन्तुष्ट काठमाडौंबासीले रहस्यमय तरिकाले नानीमैयालाई चुनावमा खडा गरेर जिताइदिएका थिए।
त्यही घटनाबाट काठमाडौंका मतदाताले अनौठो निर्णय गर्छन् र सत्तापक्षलाई खुसुक्कै हराइदिन्छन् भन्ने भाष्य बनेको थियो। उनी २०२९ सालमा काठमाडौँकी उपप्रधानपञ्च पनि भएकी थिइन्।